२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश प्रकरण कुर्सीको निर्लज्ज तमासा: बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं: वरिष्ट बामपन्थी नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोशी प्रदेश सरकार बन्ने र भत्कने कार्यले दलहरुभित्रको कुर्सीको निर्लज्ज तमासा रहेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन भूमिका निर्वाह गरिरहेको टिप्पणी गर्नु भएको छ ।

कोशी प्रदेशमा नेपाली कांग्रेसको एउटा खेमाको नेतृत्व तथा नेकपा एमालेको समर्थनमा नयाँ सरकार गठन हुने भएपछि डा भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको हो ।

उहाँले दलहरुको यस्तो प्रवृत्ति घोषित व्यवस्था विरोधीहरुको भूमिका भन्दा बढी भएको बताउनु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि उछिनेर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गरेको हर्कतले लाज पनि लजाउनु पर्ने स्थिति बनेको भन्दै तिखो टिप्पणी गर्नु भएको छ ।

उहाँले अब संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा निम्ति यिनीहरूसंग वेलावखत सहकार्य गर्न खोज्नु गोरू दुहुनु जस्तै मूर्खतापूर्ण प्रयास भएको र हुनेवारे कुनै शंका रहेन भनी निराशा व्यक्त गर्नु भएको छ ।

नेता डा भट्टराईको टिप्पणी यस्तो छ:

कोशी प्रदेशमा गत दश महिनामा प्रमुख पुराना दलहरूले गरेको निर्लज्ज कुर्सीको तमासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन जति भूमिका खेलेको छ त्यति यो घोषित व्यवस्थाविरोधीहरूको भूमिकाले पनि खेलेको छैन।

त्यसमा पनि कांग्रेस र एमालेलाई समेत उछिनेर प्रचण्ड माओवादीले गरेको हर्कतले लाज पनि लजाउनुपर्ने स्थिति बनेको छ।

अब संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षानिम्ति यिनीहरूसंग वेलावखत सहकार्य गर्न खोज्नु गोरू दुहुनु जस्तै मूर्खतापूर्ण प्रयास भएको र हुनेवारे कुनै शंका रहेन!

अत: विगतका उदारवादी र आदर्शवादी कमजोरी हटाउॅदै दृढतापूर्वक अग्रगामी वैकल्पिक शक्ति निर्माणमा लाग्नु देश र जनताकालागि अपरिहार्य आवस्यकता बनेको सबैले स्वीकारौं!

चुनावदेखि चुनाव र सत्तादेखि सत्तासम्मको फोहरी खेल खेलेर कुनै समाजवाद र अझै झन् साम्यवाद त आउॅदै आउदैन भन्ने सबैले वेलैमा बुझून्!