२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य: ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताउनु .भएको छ ।

अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो ।

शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबधिएको मानिस पार्टीमा हुनै नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सजिलो भएको छ–म महासचिव मान्दिन । म महासचिव मान्दिन । के भनेको त्यो ? म उपमहासचिव मान्दिन । म फलानालाई मान्दिन । के भनेको त्यो ? त्यस्तो भन्ने साथी पार्टी छ कि छैन भनेर बुझने ? कसलाई मान्छ त ? घरमा गएर बालाई मान्छ ? आमालाई मान्छ । मान्नै पर्छ नि । यहाँ पार्टीमा त संगठन मान्ने कुरा हो । त्यसकारण यो मान्दिन, ऊ मान्दिन भन्ने । यसो भन्ने, ऊसो भन्ने । यो खालको कुरा अनुशासनहिन अराजकताका कुरा हुन । जसले पार्टी पार्टी रहँदैन । पार्टी पार्टीको ढंगले हिँडदैन । त्यसर्थ, पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ । जनवादीसहितको तर हो चाँही के भन्दा केन्द्रियता । केन्द्रियतासहितको जनवाद होइन्, केन्द्रियतावादी जनवाद होइन । जनवादी केन्द्रियता । केन्द्रियता नभई पार्टी हुनै सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन न नि । पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ? त्यसकारण पार्टीको संरचना नीति स्विकार गर्नु पर्दछ । विधि स्विकार्नु पर्दछ भनेको त्यो नीति कार्यान्वयन गर्ने तौरतरिका संगठनात्मक संरचना र त्यसको परिचालन ।

उहाँले भन्नुभयो, ‘अव व्यक्तिहरुको परिचालन विभिन्न समूह बनाएर परिचालन गर्ने कुरा हो । पार्टी भनेको अनुशासन युक्त हुन्छ । त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ । अहिले हाम्रो पार्टीमा बझन पर्ने कुरा पार्टीमा अनुशासन चाहिन्छ भन्ने कुरा हो । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्विकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्नेले पार्टी बुझ्दै बुझेन, बजार बुझ्यो । पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाधिएको मानिस पार्टी हुन सक्दैन ।अहिले सजिलो भएको छ–म महासचिव मान्दिन । म महासचिव मान्दिन । के भनेको त्यो ? म उपमहासचिव मान्दिन । म फलानालाई मान्दिन । के भनेको त्यो ? त्यस्तो भन्ने साथी पार्टी छ कि छैन भनेर बुझने ? कसलाई मान्छ त ? घरमा गएर बालाई मान्छ ? आमालाई मान्छ । मान्नै पर्छ नि । यहाँ पार्टीमा त संगठन मान्ने कुरा हो । त्यसकारण यो मान्दिन, ऊ मान्दिन भन्ने । यसो भन्ने, ऊसो भन्ने । यो खालको कुरा अनुशासनहिन अराजकताका कुरा हुन । जसले पार्टी पार्टी रहँदैन । पार्टी पार्टीको ढंगले हिँडदैन । त्यसर्थ, पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ ।”

उहाँले भन्नुभयो,’जनवादीसहितको तर हो चाँही के भन्दा केन्द्रियता । केन्द्रियतासहितको जनवाद होइन्, केन्द्रियतावादी जनवाद होइन । जनवादी केन्द्रियता । केन्द्रियता नभई पार्टी हुनै सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन न नि । पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ? त्यसकारण पार्टीको संरचना नीति स्विकार गर्नु पर्दछ । विधि स्विकार्नु पर्दछ भनेको त्यो नीति कार्यान्वयन गर्ने तौरतरिका संगठनात्मक संरचना र त्यसको परिचालन । अव व्यक्तिहरुको परिचालन विभिन्न समूह बनाएर परिचालन गर्ने कुरा हो । पार्टी भनेको अनुशासन युक्त हुन्छ । त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ । अहिले हाम्रो पार्टीमा बझन पर्ने कुरा पार्टीमा अनुशासन चाहिन्छ भन्ने कुरा हो । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्विकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्नेले पार्टी बुझ्दै बुझेन, बजार बुझ्यो । पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबधिएको मानिस पार्टी हुन सक्दैन ।’

ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताउनु भयो ।