२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई उद्योगको रुपमा विकास नगरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैनौँ: मन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइ नसकेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्र रहेको पनि बताउनु भयो । उहाँले निजी क्षेत्रमा विश्वासको वातावरण बनाउनसके र लगानीमैत्री वातावरण बनाउनसके मुलुक समृद्धितिर जाने बताउनु भयो । उहाँले निजी क्षेत्रबारेको पारम्परिक सोच हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले कृषिलाई उद्योगको हिसावले नलगेसम्म मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र संकटग्रस्त छ भन्नेकुरासँग म मान्यता राख्दिन, सहमत छैन । हामीले अर्थतन्त्रलाई उँभो लगाउन नसकेपनि उँधो चाहीँ लागि हालेको छैन । त्यसैले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइसकेको छैन । मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्रलाई अघि बढाउनसके, विश्वासको वातावरण बनाउनसके र सम्पूर्ण लगानीमैत्री वातावरण बनाउनसके यो मुलुक समृद्धितिर जान्छ । निजी क्षेत्रबारे हाम्रो जुन पारम्परिक सोच छ, निजी क्षेत्र भनेको खराबै हो, राजनीतिक व्यक्तित्व र ब्युरोकेसीलाई चल्दनै दिँदैन भन्ने दुवै सोच अतिवाद सोच हो, त्यो समाप्त गर्न नसके यो मुलुक समृद्धितिर जान्छ भन्ने विश्वास छैन । शिक्षा, स्वास्थ्य, पूर्वाधारमा संसारमा निजी क्षेत्र समावेश भइसकेको छ । त्यसमा हामीले पनि कन्जुस गर्नु हुँदैन । निजी क्षेत्रलाई लगानीमैत्री, सहज र ऐन कानूनमा भएका बाधा हेरिदिने हो न की सरकार सबै कुरा गर्दिने हो । हामीले कृषिलाई उद्योगको हिसावले लैजाने होइन भने यो मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैन ।’

मन्त्री रिजालले आर्थिक समृद्धि भएन भने मुलुक र राजनीतक व्यक्ति बन्न नसक्ने भन्दै सबैले सचेत भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र अघि बढ्न नसके मुलुक अघि बढ्न नसक्ने बताउनु भयो ।