२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तानको खेलमा नरेन्द्र मोदी स्टेडियम ‘ध्वस्त पार्छु’ भन्ने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । अहमदाबाद क्राइम ब्रान्चले नरेन्द्र मोदी स्टेडियममा बम विष्फोट गर्ने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । उनले इमेल पठाएर यस्तो धम्की दिएका थिए । अभियुक्तको नाम करण मावि हो । उनलाई राजकोटबाट पक्राउ गरिएको हो ।

बीसीसीलाई धम्कीको मेल पठाइएको थियो । आरोपितले यसमा लेखेका थिए कि अक्टोबर १४ मा मोटेरा क्षेत्रमा रहेको नरेन्द्र मोदी स्टेडियममा विस्फोट हुनेछ, जसका कारण सबै मानिस काँप्नेछन् । अपराध शाखाका अनुसार उनी मध्य प्रदेशको धार जिल्लाका हुन् ।

मावी यसअघि सन् २०१८ मा बलात्कार, मानव बेचबिखन र आपराधिक धम्कीको आरोपमा पक्राउ परेका थिए । यसविरुद्ध धामनोद प्रहरी चौकीमा मुद्दा दर्ता भएको थियो । भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यस सम्बन्धमा इन्टरनेट मिडिया प्लेटफर्महरू पनि नजिकबाट निगरानी भइरहेको छ । सेप्टेम्बर २९ मा गुजरात पुलिसले प्रतिबन्धित संगठन सिख फर जस्टिस (एसएफजे) का प्रमुख गुरपतवन्त सिंह पन्नु विरुद्ध धम्की जारी गरेकोमा एफआईआर दर्ता गरेको थियो ।