६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लाओसविरुद्धको खेलमा रंगशाला भरिने नेपालका कप्तान किरणको अपेक्षा

लाओसविरुद्धको खेलमा रंगशाला भरिने नेपालका कप्तान किरणको अपेक्षा
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले घरेलु मैदानमा बिहीवार लाओसबिरुद्धको खेलमा दर्शकलाई रंगशालामा उपस्थित हुन अनुरोध गर्दै ‘रातो र चन्द्र सूर्य’ को गीतले ९० मिनेट नै गुञ्जयमान बनाउन अनुरोध गर्नुभएको छ ।

नेपालले फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको खेलमा बिहीवार दशरथ रंगशाला लाओसबिरुद्ध खेल्दैछ । सोही खेलका लागि बुधवार कुपण्डोलमा भएको प्रिम्याच कन्फ्रेरेन्समा नेपाली फुटबल टोलीका कप्तान किरणले रंगशाला नै भरिनेगरि खेल हेर्न आउन आग्रह गर्दै सो गीतको गुञ्जनले ९० मिनेट नै टोलीलाई प्रोत्साहित गर्न आग्रह गर्नुभएको हो ।

घरेलु मैदानमा लाओसबिरुद्ध केही फरक हुने गोलकिपरसमेत रहेका कप्तान चेम्जोङको अपेक्षा छ । नेपालका ठूला ठूला झण्डा देख्न पाउने अपेक्षा गर्दै दर्शकसँगै सबै जना मिलेर राष्ट्रिय गीत गाउने समेत गोलकिपर तथा कप्तान किरणले बताउनु भयो । उनले दर्शकको बाक्लो उपस्थितिले रंगशाला भरिने परिस्थिति सिर्जना हुने अपेक्षा गर्नुभयो ।

किरणले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो । लामो समयदेखि राम्रो तयारी गरेकाले लाओसबिरुद्ध प्रदर्शन सुखद् रहने उहाँको विश्वास छ । यसअघि नेपालले त्रिकोणात्मक शृंखलामा लाओसलाई हराएको थियो । तर, यस पटक लाओसमा धेरै सुधार भएकाले विश्वकप छनोट खेल फरक हुने किरणको भनाई छ । उनले पनि त्रिकोणात्मक श्रृंखलामा जस्तो लाओस यस पटक नरहेको उल्लेख गर्दै सो टोलीमा केही परिवर्तन भएको उहाँको भनाइ छ ।

किरणले लाओसको टोली शारीरिक, रणनीति र प्राविधिक रूपमा राम्रो रहेपनि आफ्नो टोली चुनौति सामना गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको उल्लेख गर्दै यस पटक प्रदर्शनबाट सुधार देखाउने बताउनु भयो । लाओसबिरुद्धको खेल कति महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै प्रशिक्षक एनेसले सोहीअनुसार राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्नुभयो । उनले पछिल्ला दुई महिनाको तयारीले टोली बलियो रहेको पनि विश्वास व्यक्त गर्नुभयो ।

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको खेलकै लागि म्यानमारसँग दुई खेल खेलेको थियो । लामो समयदेखिको तयारी र एक्सोजरका कारण नेपाली टोलीले राम्रो गर्ने प्रशिक्षक एनेसको विश्वास छ । प्रशिक्षक एनेसले बिहीवार खेलका लागि सबै खेलाडी शारीरिक र मानसिक रूपमा पनि फिट रहेको बताउनुभएको छ । घरेलु मैदानको फाइदा लिँदै राम्रो प्रदर्शन गर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । गत मार्चमा नेपालले थ्री नेसन्स लिगमा लाओससँग प्रतिष्पर्धा गरेको थियो । तर, त्यतिबेला र अहिले परिस्थिति निकै परिवर्तन भइसकेको उहाँको भनाइ छ । लाओसको टोली फेरिएको र उनीहरूले पनि राम्रो तयारी गरेको उहाँले बताउनु भयो ।

त्यसैले खेल निकै रोमाञ्चक हुने उनको विश्वास छ । यद्यपि, यो खेल जित्दै दोस्रो चरणमा पुग्ने उनको लक्ष्य छ । लाओसका प्रशिक्षक कानलेया सिसोमभाङले युवा र अनुभवी खेलाडी समिश्रण रहेको यो टोली पछिल्लो थ्री नेसन्सको भन्दा बलियो रहेको बताउनु भयो ।

नेपालले विश्वकप छनोटको प्रारम्भिक चरणअन्तर्गत पहिलो लेगमा बिहीवार लाओसको सामना गर्दै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।