९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ४०.५७ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ओरालो आएको छ । 

आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आइतबार १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ । वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ्ग उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको  शेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस उर्जाका शेयरमूल्य पनि बढेको छ । तर यता विन नेपाल लघुवित्तको शेयरमूल्य भने सबैभन्दा बढी गिरावट आएको छ ।

आज कारोबार रकमका आधारमा ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपाव शीर्ष स्थानमा रहेको छ ।  नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।