• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

सेना र प्रहरीका प्रमुख बिदेश, निमित्तको पनि निमित्तका भरमा प्रहरी संगठन



काठमाडौं: मुलुकको शान्ति सुरक्षा सम्वेदनशील रहेको अवस्थामा नेपाल प्रहरीको उच्च नेतृत्व विदेश भ्रमणमा रहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाइ जिम्मेबारी दिएर असोज २२ गतेदेखि २६ गतेसम्मका लागि बेलायत भ्रमणमा जानु भएको छ ।

महानिरीक्षक बेलायत रहैकै अवस्थामा निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई अर्को सम्मेलनका लागि भन्दै अमेरिका जानु भएको छ ।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने एक कार्यक्रममा सहभागी हुन उहाँ अमेरिका जानु भएको प्रहरीले जनाएको छ ।

उहाँको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरिक्षक थापासंग प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल भ्रमणमा सहभागी हुनुहुन्छ । त्यसैगरी निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहनुभएको छ ।

यतिबेला नेपाली सेनाका प्रधान सेनापति पनि बेलायत यात्रामा हुनुहुन्छ ।

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरुका साथै नेपाल सरकारका उच्च तहका कर्मचारीहरु लगायत संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष समेतका व्यक्तिहरु महिनैपिच्छे विदेश यात्रामा रहेका छन् ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि मंगलबार अमेरिका भ्रमणमा जानु भएको छ । विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उहाँ अमेरिका जानु भएको हो ।

यस्ता भ्रमणलाई लिएर सार्वजनिक रुपमै आलोचना भइरहे पनि भ्रमणको संख्यामा कमी आएको पाइन्न ।

फोटो -प्रहरी प्रधान कार्यालय