८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तानको खेलका लागि ११ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने



अ+ अ-

एजेन्सी । अक्टोबर १४ मा भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकप क्रिकेटको ‘हाई भोल्टेज’ खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । खेललाई लिएर आइरहेको धम्कीलाई मध्यनजर गर्दै गुजरात प्रहरीले ठोस व्यवस्था गरेको छ ।

सुरक्षा व्यवस्थाका लागि ७ हजार प्रहरी र ४ हजार होमगार्ड खटिने प्रहरी आयुक्त जीएस मलिकले जानकारी दिए । साथै एनएसजीको बम स्क्वाड र एन्टी ड्रोन टोली पनि सुरक्षा व्यवस्थामा संलग्न हुनेछन् ।

खेलको टिकट बिक्री भइसकेको छ । खेल अवधिभर रंगशालाको सुरक्षामा ध्यानाकर्षण भएसँगै प्रशासनले सहरका अन्य संवेदनशील क्षेत्रमा पनि प्रहरी परिचालन गरेको छ । रंगशाला वरपरका होटलमा पनि चेकिङ गरिने छ ।