२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल भ्रमण नगर्न सरकारको आग्रह



अ+ अ-

काठमाडौं । सरकारले हाललाई इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न आग्रह गरेका हुन् ।

साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । साथै उनले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् ।

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारेमा समितिलाई जानकारी समेत गराए । उनका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यसैगरी २६५ जना विद्यार्थी रहेको र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी गराए । मन्त्री साउदले बंकरमा आश्रय लिइरहेका ५५ जना विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सोमबार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।

मन्त्री साउदले नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको र इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको जानकारी गराए ।