७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु: उद्योगमन्त्री रिजाल

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु: उद्योगमन्त्री रिजाल
फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आफूले उपभोक्ताको नाममा बद्मासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताउनु भयो । मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गर्नुभयो । मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताउनु भयो ।

मन्त्री रिजालले भन्नुभयो, ‘मैले कुनै दिन गल्ती गरे भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने म विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । मलाई न त्यो जरुरत छ । न म बाट कमिशन खाने काम हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु । कानूनी सजाय दिने अधिकार हामीसँग धेरै छैन् । कानूनहरुमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौं । अव त्यो विस्तारै हुँदै जाला । अव ठूल्ठूला बद्मासहरुले ठूल्ठूला अपराधहरु गरिरहेका हुन्छन् । तर ३ लाख भन्दा बढी सजाय गर्न सकिँदैन । सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानूनको अभाव छ । उसले आएर दियो भने त ठिकै हो । तर दिएन भने उठाउनका लागि कुनै मेकानिज्म पनि बनिसकेको छैन । ’

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गर्नुभएको थियो । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताउनु भयो ।

सांसद केसीले भन्नुभयो, ‘यदी बजारलाई हस्तक्षेप गर्ने हो भने चाडपर्व आउँछ भन्ने पनि थाहा छ । बढि चिनी तिहारमा चाहिन्छ भन्ने पनि थाहा छ । मन्त्रीज्यू आउनु भएको पनि ३/४ महिना भयो । के हुँदैछ यो नेपालमा ? सबै कुरा थाहा छ । तर हामीले निर्णय गरेका छैनौं । यो विषय गम्भिर विषय हो ।’

नेपाली काँग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताउनु भयो । उहाँले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गर्नुभयो ।

सांसद केसीले भन्नुभयो, ‘ यो बजार अनुमगन समिति बन्छ हामीहरुको । त्यसले अनुगमन गर्छ । तर त्यसको परिणाम के हो भन्दा जुन जनताले चाहेको परिणाम हो । त्यो चाहीँ हुन सकेको छैन । पेट्रोलियम पदार्थको भाउ केही घटाइएको छ । तर त्यो तुरुन्तै बढछ । यो मूल्यवृद्धिको निरन्तरको प्रक्रियालाई नियन्त्रण गर्न नसक्दा मुलुकमा वित्तीय अराजकता नै आइसकेको छ । यसलाई सरकारले नियन्त्रण गर्नुपर्दैन ?’

सांसद केसीले मुलुकमा वित्तिय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।