६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मनाङका होटलमा पर्यटक भरिभराउ

मनाङका होटलमा पर्यटक भरिभराउ
अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् ।

दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् ।

मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसममा सुधार हुनासाथ पर्यटक आगमन बढेको यहाँका होटल व्यवसायी बताउँछन् । हिमपात भएको समयमा पदयात्रा गर्दा जोखिम बढी हुने भएकाले यस समयमा पदयात्रा गर्न सहज हुने जिल्लास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ ।

पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरदेखि पर्यटक पैदलयात्रा गरिरहेको देखिने आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँले सिजन सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल बढेको भन्दै दैनिक एक सय ५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका जानकारी दिनुभयो ।

प्रमुख भुजेलले भन्नुभयो, “मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल (चार हजार नौ सय १९ मिटर), विश्वकै १०औँ स्थानको जोखिमयुक्त पदमार्गअन्तर्गतको थोराङ्ला पासतर्फ जाने गरेका छन् ।” सन् २०२३ को सुरुआतदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए ।

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका भुजेलले जानकारी दिनुभयो । सन् २०२३ को जनवरीमा ४२ देशका नागरिकले मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क रहेको आयोजना इलाका कार्यालयले जनाएको छ ।

उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ । यस वर्ष हिउँ पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो । सिजन सुरु भएपछि अहिले पर्यटक यहाँ भित्रिन थालेका छन्”, भुजेलले भन्नुभयो । नयाँ वर्षको योजनाअनुरुप कोरियाका पर्यटक भ्रमणमा आएको उहाँले बताउनुभयो ।

“कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेका हुन्”, प्रमुख भुजेलले भन्नुभयो । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताल लगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उहाँको भनाइ थियो ।

“विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौँ । यो मार्ग जोखिम छ, केही जानकारी दिन्छाँै भने गाइड लिएर आएमा जोखिम कम हुन्छ भन्ने हो”, उहाँले भन्नुभयो, “यस वर्ष मनाङमा हिमपात नभए पनि पर्यटक बढ्ने क्रममा छ ।”

“हिमपात भएपछि हिउँ पहिरा आउन सक्ने भएकाले पूर्ण रुपमा यात्रा रोकिन्छ । तर, यसपटक हिमपात भएको छैन । पर्यटकलाई यात्रामा सहज हुन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हुन्छ यस पदमार्गमा । आवश्यक सतर्कता अपनाउन सुझाव दिने गरेका छौँ”, भुजेलले भन्नुभयो ।

उहाँका अनुसार मस्र्याङ्दी नदीको किनार हुँदै यस पदमार्गको यात्रा गर्नुपर्दछ । सडक र पदमार्ग एउटै हुँदा पर्यटकलाई सकस हुने गरेको उहाँले बताउनुभयो । यात्राका क्रममा सवारी चल्दा हिलाम्मे भएको क्षेत्रमा हिलो छ्यापिने र धुलो भएको स्थानमा धुलोले बाटो छिचोल्न समस्या हुने गरेको भुजेलको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जोखिमयुक्त यात्रा गर्नुपर्ने भएकाले सचेतता अपनाउन सुझाव दिने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उच्च हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले गन्तव्यमा पुग्न सकस हुन्छ, जसले गर्दा आवश्यक सचेतता अपनाउन सुझाव छ ।”

पर्यटन व्यावसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले उनीहरुको आकर्षण बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको स्तरोन्नतिसँगै पदमार्गलाई पनि व्यवस्थित बनाउन आवश्यक छ । सडक र पदमार्ग एउटै भएको स्थानमा वैकल्पिक पदमार्ग बनाउनतर्फ सबैको चासो पुग्नुपर्छ ।” उहाँका अनुसार जिल्लामा करिब सानाठूला गरी तीन सय होटल रहेका छन् ।

विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो । “आन्तरिक पर्यटकलाई सहज हुने गरी विकास गर्न आवश्यक छ । यहाँ आउने पर्यटकलाई स्वागत गर्दा यहाँको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “यसका साथै फिल्म सुटिङको गन्तव्य बनाउन पनि सबै लाग्नुपर्छ ।”

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई सिजन गरी यहाँ पर्यटक घुम्न आउने गर्दछन् । रासस