२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सरकार गठनको कसरत, प्रदेश प्रमुखले दिए सात दिनको म्याद



परशुराम खापुङ
अ+ अ-

विराटनगर: नेकपा एमालेका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएपछि कोशी प्रदेशको सरकार गठनको नयाँ दौर फेरि सुरु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आफ्नो दाबी पेश गर्न सात दिनको समय दिएका छन् । उनले संविधानको धारा १६८(५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेका हुन् । यस धारा अनुसार प्रदेश सभामा सबैभन्दा बढी सांसदको मत (हस्ताक्षर) ल्याउने व्यक्ति मुख्यमन्त्री हुने प्रावधान छ ।

प्रदेश प्रमुखको सूचनामा भनिएको छ, कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनैपनि सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।

यस व्यवस्था बमोजिम दाबी पेश गरे पनि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ जुन असफल भएमा कोशी प्रदेशमा चुनावको विकल्प रहने छैन ।