४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटः सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल



file-photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भेटघाट भयो, विभिन्न विषयमा कुराकानी गरेका छौँ । समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ, धनगढीमा । त्यो सल्लाह गरेर टुंगो लाग्छ । सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भयो । अर्थतन्त्रकै बारेमा पनि सफल बनाउनेबारेमा छलफल भएको छ । उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुटै बैठक बस्ने सल्लाह दिएका छौँ । गबठन्धन दलका नेताहरु मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या रहेका छन्, हाम्रा अलगअलग धारणा छन् की छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो ।

त्यस बाहेक दुई पार्टी बीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्ने बारेमा प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधनका बारेमा कुराकानी भयो । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि कुराकानी भए । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणमा भेटघाटको सन्दर्भ, संसदमा सम्बोधन गर्नेकुराको सन्दर्भमा पनि कुरा भयो । सदन सञ्चालन कहिलेसम्म हुने ? त्यस बारेमा पनि कुरा भयो ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको बताउनु भयो ।