२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितिया पर्वले समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने पूर्वराष्ट्रपति भण्डारीको विश्वास



अ+ अ-

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्व, २०८० को सुखद् अवसरमा जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ‘जितिया पर्व नेपालका मधेशी तथा थारु समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुखशान्ति तथा समृद्धिको कामना गर्दै मनाइने एक महत्वपूर्ण लोक पर्व हो । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले निर्जला व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग जितीया पर्व मनाउने परम्परा रहेको छ । यो ब्रत बस्नाले सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने जनविश्वास प्राचिनकालदेखि रहँदै आएको छ ।’

हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाडपर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानुपर्ने उहाँको भनाई छ ।

यस्तै पूर्वराष्ट्रपति भण्डारीले निराहार एवं निर्जला कठोर ब्रत बस्दा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका बारेमा ख्याल राख्न सम्पूर्ण दिदीबहिनीहरूलाई सचेत समेत गराउनुभएको छ ।

यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज बिहान पूरा हुन लागेको हो ।

ज्योतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।