३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको ब्राण्ड एम्बास्डरमा मिस पवी



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)खेल्ने तयारीमा रहेको धनगढी फुटबल क्लबले कलाकार तथा मोडल मिस पवी (पवी साँकी)लाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले टिकटकमा समेत चर्चित मिस पवीलाई आफ्नो ब्राण्ड एम्बास्डर बनाएको कुरा आधिकारिक रुपमा घोषणा गरेको हो ।

धनगढीका सिईयो सकुश केसी र कलाकार मिस पवीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान पनि गरे । मिस पवीलाई यस सिजनका लागि क्लबको ब्राण्ड एम्बास्डर बनाइएको सम्झौतामा उल्लेख छ । साथै लिग अवधिभर धनगढीको खेलमा मिस पवीले क्लबलाई मैदान मै उपस्थिति जनाएर समर्थन समेत गर्नेछिन् ।

धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै खुशी र उत्साहित भएको प्रतिक्रिया दिइन् । उता क्लबका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्राण्ड एम्बास्याडरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।

यस सिजन धनगढीको मार्की खेलाडीमा आशिष चौधरी रहेका छन् । मुख्य प्रशिक्षकमा भने युगल किशोर राई रहेका छन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि सुरु हुँदैछ ।