२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको ब्राण्ड एम्बास्डरमा मिस पवी



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)खेल्ने तयारीमा रहेको धनगढी फुटबल क्लबले कलाकार तथा मोडल मिस पवी (पवी साँकी)लाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले टिकटकमा समेत चर्चित मिस पवीलाई आफ्नो ब्राण्ड एम्बास्डर बनाएको कुरा आधिकारिक रुपमा घोषणा गरेको हो ।

धनगढीका सिईयो सकुश केसी र कलाकार मिस पवीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान पनि गरे । मिस पवीलाई यस सिजनका लागि क्लबको ब्राण्ड एम्बास्डर बनाइएको सम्झौतामा उल्लेख छ । साथै लिग अवधिभर धनगढीको खेलमा मिस पवीले क्लबलाई मैदान मै उपस्थिति जनाएर समर्थन समेत गर्नेछिन् ।

धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै खुशी र उत्साहित भएको प्रतिक्रिया दिइन् । उता क्लबका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्राण्ड एम्बास्याडरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।

यस सिजन धनगढीको मार्की खेलाडीमा आशिष चौधरी रहेका छन् । मुख्य प्रशिक्षकमा भने युगल किशोर राई रहेका छन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि सुरु हुँदैछ ।




भर्खरै