६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ: सांसद सापकोटा

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ: सांसद सापकोटा
अ+ अ-

काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”

जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले  भन्नुभयो, “सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व गरेको ठाउँको विकास निर्माण गराँै भन्ने थियो, त्यो नसक्ने परिस्थिति देखियो ।”

निर्वाचन क्षेत्र विकासका लागि बजेट माग्दा सरकारले आर्थिक सङ्कट र राजस्व असुली कमजोर देखाउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मन्त्री र प्रधानमन्त्रीका जिल्लामा भने त्यो लागू भएन । शक्तिशाली नेताले भनेको मात्रै लागू हुँदोरहेछ ।”

प्रदेश र स्थानीय तहको विकास निर्माणको आ–आफ्नै शैली र क्षेत्र रहेको उल्लेख गर्दै सांसद सापकोटाले सङ्घीय सांसदले पनि मतदाताका अपेक्षा पूरा गर्नु प्राथमिक दायित्व भएको विचार प्रकट गर्नुभयो ।

“कानुन निर्माण पनि गर्नुपर्छ, तर जनताले जिताएर पठाइसकेपछि उनीहरूको पनि विकास निर्माणमा आशा र अपेक्षा हुन्छ, त्यसलाई जनप्रतिनिधिले सम्बोधन गर्न कोसिस गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

छोटो राजनीति यात्रामै सङ्घीय संसद्मा पुग्ने जनप्रतिनिधि बन्न सफल सांसद सापकोटा कानुन तर्जुमा र विकास निर्माणबीच तादम्यता मिलाएर जाँदा देश र जनताको हित नै हुने तर्क गर्नुहुन्छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ स्थायी ठेगाना भई विसं २०७६ देखि राजनीतिमा प्रवेश गर्नुभएकी उहाँसँग जनमत पार्टी महोत्तरीको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ ।

सामाजिक एवं जनचेतनामूलक कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकी सांसद सापकोटाले राजनीतिमा आउनुअघि १० वर्ष शिक्षिका भएर काम गर्नुभएको थियो । सांसदको मूल दायित्व कानुन बनाउने सन्दर्भमा गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँ सदनमा आएपछि विकासको पाटोबाट पनि जनताप्रति सांसदको केही कर्तव्य रहने बताउनुहुन्छ ।

राजनीतिक सिद्धान्त, दृष्टिकोण र अभ्यास तथा सांसदप्रति समाजको बुझाइबीच ठूलो भिन्नता रहेको उल्लेख गर्दै उहाँले ठूला दलले भागबण्डा एवं आवश्यक चासो नदिएकाले मूल विषय कानुन निर्माण ओझेलमा परेको प्रतिक्रिया दिनुभयो । सदनमा प्रतिपक्षी दलले कतिपय अवस्थामा स–साना विषय उठाएर जनभावनाविपरीत सदन अवरोध गरेको घटना सुनाउँदै सांसद सापकोटाले संसद् अवरुद्ध हुँदा पर्ने प्रभाव र बाधा अड्चनको मूल्याङ्कन जरुरी रहेको धारणा राख्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कतिपय जनप्रतिनिधिले संविधान र प्रतिनिधिसभा नियमावलीभन्दा बाहिर गएर सदनमा दिने अभिव्यक्ति र प्रस्तुतिले बोलेका विषय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने गरेको बताउनुभयो ।

सांसद सापकोटाले भन्नुभयो, “नियमावलीको परिधिभित्र रही निर्वाचन क्षेत्र, जिल्ला, देश र दुनियाँको कुरा सदनमा उठाउन पाइन्छ, कुनै रोकटोक हुन्न । तर बोल्दा नियमावलीको उल्लङ्घन गरिनुहुन्न ।”

परिवार पाल्न रोजगारीका लागि कुनै पनि नेपाली विदेश जान पर्ने बाध्यात्मक अवस्था नआओस्, देशमै काम दिन सकियोस्, त्यसका लागि काम गरौँ भन्ने उद्देश्य लिएर सदनमा आएको उल्लेख गर्दै उहाँले जनतासँग पनि त्यही भनी मत मागेको घटना सुनाउनुभयो ।

डा चन्द्रकान्त (सीके) राउत अध्यक्ष रहनुभएको जनमत पार्टीबाट प्रतिनिधिसभामा चार महिला र दुई पुरुष सांसदको प्रतिनिधित्व छ । सो दल प्रतिनिधिसभामा आठौँ ठूलो राजनीतिक पार्टी हो । सांसद सापकोटाले भन्नुभयो, “भ्रष्टाचार निर्मूल पार्ने पार्टीको धारणा छ, हामीले सदनमा बारम्बार यही मुद्दा उठाउँदै आएका छौँ । तर ठूला भनिएका दलले त्यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।”

मुलुकको विकास निर्माणमा संलग्न हुनुपर्ने युवाशक्तिलाई स्वदेशमै स्थापित गर्न चाल्नुपर्ने कदमबारे पार्टीले सरकारलाई सुझाव दिँदै आएको सांसद सापकोटाले बताउनुभयो । जनताले आगामी दिनमा यस्ता समस्या र पीडा भोग्न नपरोस् भनी जनचेतामूलक अभियान एवं जनजागरण कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस