६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो: मन्त्री किराँती

माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो: मन्त्री किराँती
file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताउनु भयो । उहाँले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको उपाध्यक्षको नियुक्तिको सन्दर्भमा उहाँलाई २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेका छौँ । उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुशीले नियुक्ति गरेको हुँ । गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन । अभियुक्त नभएकाले नेपालको कानून बमोजिम नियुक्त गरेको हो । हाम्रो पार्टीको केन्द्रिय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो ।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताउनु भयो । उहाँले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताउनु भयो । उहाँले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरु व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो । हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ । पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ । साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ । इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ ।’

उहाँले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताउनु भयो । उहाँले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको बताउनु भयो । उहाँले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ जहाजको सन्दर्भम यो हामी आएर बन्द गरेको होइन । अघिल्लो सरकारले नै तलदेखि पारित गर्दै लगेर अर्थ मन्त्रालय हुँदै नेपाल सरकारले नै नउडाउने भनेर बन्द गरेको हो । चिनियाँ जहाज नेपालमा ल्याइयो, त्यसपछि यसको पाइलट, प्रशिक्षक पाइलट नभएको, पार्टपूर्जा नभएको, बिग्रिँदा पार्टपूर्जा पाउन वर्षौं लाग्ने, त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ । रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै छ । सम्पूर्ण चिज नपाउने र धेरै नै घाटा लाग्ने भएकाले इन्स्योरेन्स पनि महंगो, अहिले राख्दा पनि इन्स्योरेन्स तिर्नु परिरहेको छ । पार्किङ चार्ज तिर्नु परिरहेको छ, घाटामै छ । लिजमा राख्दा पनि कोही आएन । भालुका कन्पट जस्तो भएको छ। युरोपमा नेपालको कालोसूचि हट्नेकुरा सेती नदीको खोचमा यति एयरलाइन्सको दुर्घटना भएकाले रोकिएको थियो । हालै ११ देखि १५ सेप्टेम्बरमा युरोपियन युनियनको अडिट कमिटीले अडिट गरेको छ, चाँडै सकारात्मक नतिजा आउँछ ।’

मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचिबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताउनु भयो ।