२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीमा गोताखोर तालिमको अभ्यास, हरेक प्रदेशमा एक टिम राख्ने एपीएफको लक्ष्य



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोशी नदीमा अभ्यास गराएको छ ।

गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीले सप्तकोशी नदीको ब्यारेजमा अभ्यास गराएको हो ।

४० दिने तालिममा सहभागी २० जना सुरक्षाकर्मीलाई बराह बाहिनीले नदीको गहिराई र बहाव ज्यादा रहेको क्षेत्रमा अभ्यास गराउँदै आएको छ । पानी मुनिको गहिराईमा पुगेर गरिने खोज तथा उद्धारमा खटिने जनशक्तिको संख्या बढाउने संगठनको नीतिअनुसार कोशी प्रदेशमा सञ्चालित गोताखोर तालिमका सहभागीलाई सप्तकोशीको भेल र गहिराईमा अभ्यास गराइएको बराह बाहिनीले जनाएको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा गोताखोर तालिम सञ्चालनमा ल्याएको बताउनु भयो । १८ जना सशस्त्र प्रहरी र २ जना जनपथ सम्मिलित गोताखोर तालिम संगठनको चौथो ब्याच रहेको पोखरेलले बताउनु भयो । पोखरेलकाअनुसार हाल देशभर ७४ जनाको संख्यामा रहेको जनशक्ति चौथो ब्याच पश्चात ९४ को संख्यामा पुग्नेछ ।

उक्त जनशक्ति देशभर आइपर्ने विपद्, खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले बताउनु भयो । चौथो ब्याचका जनशक्तिलाई सप्तकोशी पश्चात त्रिशुली नदी र फेवा तालमा अभ्यास गराइने पोखरेलले बताउनु भयो । गोताखोर तालिमको अभ्यासका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको उपस्थिति रहेको थियो ।