५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, मोटरसाइकल चालक घाइते



अ+ अ-

काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी-९ निकोसेरामा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु मृत्यु भएको छ।

अनियन्त्रित कारले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२-०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च २०४९ नम्बरको कार जुधेको थियो। सोहि क्रममा कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा धनुषाको जनकपुरका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको हो ।

बरालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन् ।

मोटरसाइकल चालक कार्की र कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।