१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
अ अ+ अ-

काठमाडौँ । रिगल भनेर चिनिने गुन्डा नाइके योग ढकाललाई आम माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

रिगलको निर्देशनमा चेतन मानन्धर मारिएका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।

अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आम माफी दिनुभएको थियो । उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौँमा आइपुगेकी छन् । अदालत धाउँदै उनी माइतीघर मण्डलामा अनसनसमेत बस्दै आएकी छन् ।

तारेख धाउने क्रममा बुधबार उनी सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । आज बिहीबार पनि उनी माइतीघरमा अनसन बस्न गएकी छन् ।