१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा
अ अ+ अ-

धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा शुरु भएको छ ।

देशभरबाट छानिएका ५२ जनालाइ राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिदैछ । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनुहुनेछ। यसैगरी वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुबबहदुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धि, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरु र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनुहुनेछ ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले “Nepal’s economy through youth perspective’ सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले “Disinformation and Misinformation” सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले “युवा महिला केन्द्रीत नवीन राप्रपा र नेतृत्व” सम्बन्धमा, विज्ञ आस्था दाहालले “Analysis of integrated election bill through GESI perspective” को बारेमा, वरिष्ठ पत्रकार दिलभुषण पाठकले “Leadership, public speaking and how to deal with media” सम्बन्धमा प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् ।

प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्यसंग संविधानका बारेमा अन्तर्क्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।