२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, राति कायमै



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

बाँके: सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिंसा भड्किए पछि नेपालगञ्ज नगर क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु सर्वपक्षीय भेलामा भएको सहमति बमोजिम जिल्ला प्रशासन कार्यालयले दिउँसोको कर्फ्यु हटाएको छ ।

प्रशासन कार्यालयले आज एक सूचना प्रकाशन गरी आज बिहान ८ बजेदेखि कर्फ्यु हटाइएको जनाएको छ । तर प्रशासनले साँझ ८ बजेदेखि भोलि अर्थात् शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जनाएको छ ।

यस्तो कर्फ्यु नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह सीमा नाका) रहने छ ।

साथै प्रशासनले आज दिउँसोभर नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सदभाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले अनुरोध पनि गरेको छ ।