७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति आइतबार बेलायत जाँदै



अ+ अ-

काठमाडौँ : प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको छ दिने औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।