२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदभाव कायम राख्न मुस्लिम आयोगको आग्रह



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

काठमाडौं: बाँके जिल्लाको नेपालगञ्ज लगायत देशका केही स्थानमा भएका घटनाप्रति मुस्लिम आयोगले दु:ख प्रकट गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज एक विज्ञप्ति जारी गर्दै समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म एवं समुदायहरुको आस्थाप्रति सम्मान व्यक्त गर्न तथा सामाजिक सदभाव कायम राख्न र धार्मिक सहिष्णुता बचाइ राख्न अपिल गर्नु भएको छ ।

विज्ञप्तिमा कानुनको उल्लंघन गरी धार्मिक सहिष्णुता खल्बल्याई समाजका अशान्ति सिर्जना गर्ने व्यक्ति एवं समूहहरुको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ ।

शदीयौंदेखिको सामाजिक सदभाव विथोल्ने कार्यमा केही उच्छृङ्खल व्यक्तिहरु संलग्न रहेको पनि आयोगको भनाई छ ।