३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गण्डकी अधिवेशन: अध्यक्षमा मायानाथ र नवराजको उम्मेदवारी



अ+ अ-

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश अध्यक्षमा मायानाथ अधिकारी र नवराज शर्माले उम्मेदवारी दिएका छन् । हालका अध्यक्ष समेत रहेका शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।

यस्तै, मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्य सचिवमा उठेका छन् ।

सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् ।