२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो । उहाँले तल्लो इकाइसम्म आफ्नो भुमिका र संगठन बिस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठक दुई दिन बस्यो । पार्टीका सम्पूर्ण पदाधिकारीको उपस्थितिमा देशको समसामयिक राजनीतिक अवस्था, त्यसमा पार्टीले खेल्नुपर्ने भुमिका र पार्टीले कसरी तल्लो इकाइसम्म आफ्नो भुमिका, वडासम्म आफ्नो सम्बन्ध बिस्तार गर्छ, कसरी संगठन निर्माण, सुधार र मजबुत बनाउँछ, त्यसको बारेमा र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भयो ।’

नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भएको पनि बताउनु भयो ।




भर्खरै