२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको टिकट र पास मागेको भन्दै साथीहरुसँग रिसाए विराट कोहली



अ+ अ-

एजेन्सी । भारतले आयोजना गरेको आईसीसी विश्वकप (विश्वकप २०२३) अक्टोबर ५ (भोलि) बिहीबारदेखि सुरु हुँदैछ । भारतीय टोलीको पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा हुनेछ । यसैबीच भारतीय ब्याट्सम्यान विराट कोहली टिकट माग्नेलाई लिएर रिसाएका छन् ।

भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले आफ्ना साथी र चिनजानलाई विशेष अपील गरेका छन् । वास्तवमा, विराट कोहली म्याचको लागि टिकट माग्नेहरूबाट रिसाएका हुन् । यसमा उनले विशेष सल्लाह दिएका छन् ।

चेन्नईमा हुने भारत–अष्ट्रेलिया खेलका सबै टिकट बिक्री भइसकेका छन् । यस्तो अवस्थामा मूल्यवृद्धिले खेलाडीलाई पनि असर गरिरहेको छ । विराट कोहलीले आफ्ना साथीभाइ र चिनजानलाई म्याचको टिकटको विषयमा हैरानी नगर्न अपिल गरेका छन् । कोहलीले टिकटको बारेमा चिन्ता नलिई घरमै बसेर आरामसँग खेल हेर्न सबैलाई अपिल गरेका छन् ।

यसका लागि विराटले आफ्नो सामाजिक सञ्जालको सहारा लिएका छन् । विराट कोहलीले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्,‘विश्वकप नजिकिँदै गर्दा, म विनम्रताका साथ मेरा सबै साथीहरूलाई पूरै प्रतियोगितामा टिकटको लागि अनुरोध नगर्न भन्न चाहन्छु । कृपया आफ्नो घरबाट विश्वकपको मजा लिनुस् ।’