५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइनः सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको हो । उहाँले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको बिरोध गर्नु उपयुक्त नहुने बताउनु भयो । उहाँले ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गर्नुभयो । ओलीले संसदीय गणितमा आफु अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जतिबेला उहाँले नेपालमा गणतन्त्र सम्भव छैन । गणतन्त्रको यात्रा गर्नु भनेको बयलगाढा चढेर अमेरिका जाने हो भन्ने कुरा गर्नुहुन्थ्यो त्यही बेलामा नेपालमा राजतन्त्रको अन्त्य सम्भव छ । संविधान सभाबाट संविधान बन्नुपर्छ । नेपालको राज्य प्रणाली संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर हामी आन्दोलनमा थियौँ । त्यो आन्दोलनलाई निकै नकारात्मक रुपमा उहाँले चित्रण गर्नुभयो ।

भगवानले पठाएको देवदुत जस्तोगरी उहाँहरुले उपदेश दिने गर्नुुहुन्छ बेलाबखत । यो निरन्तरताको शैली बाहेक केही होइन । कुनै भिजन, दृष्टिकोण भन्दापनि गणितमा आफु अल्पमतमा परेको र सरकार सञ्चालन गर्न नपाएको भावनाको प्रकटीकरण हो । संसदमा गणित नपुगेको असन्तुष्टिको पोको हो । त्यसको आक्रोश बाहेक केही होइन ।’

उहाँले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गर्नुभयो ।