२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डीमा नेपाल इरानसँग पराजित



फाईल फोटो
अ+ अ-

हाङझाव । एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो । नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्‍यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाउदै कम्तीमा कांस्य पदक पक्का गर्ने छ ।