• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्ः एमाले महासचिव पोखरेल



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ ।

सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला उहाँले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार आएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो । पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमवार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनु भयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘जेल जाने काम भनेको सत्ताको नेतृत्व गरिरहेको गठबन्धनका नेताहरुनै जेल जाँदैछन् नेकपा एमाले होइन । किनकी नेकपा एमाले सदैव भ्रष्टाचारको बिरुद्धमा छ । नेकपा एमाले सुशासनको पक्षमा छ । त्यस अर्थमा जतिजति घटनाका छानविन हुँदैछन । अन्त्यमा जेल जाने काम सत्ता गठबन्धनको हुनेछ । किनकी उनीहरु भ्रष्टाचारका हिमायती हुन । भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो भन्ने कुरालाई तपाई, हामी सबैले बुझ्न जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु । जतिबेला हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्रीका रुपमा रहनु भयो, देशव्यापी रुपमा विकास र समृद्धिका लहरहरु शुरु भए । यही पोखरामा हामीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व ग¥यौं ।’

महासचिव पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व पनि एमालेले नै गरेको बताउनु भयो । उहाँले पद प्राप्तको विषयलाई प्राथमिकतामा नराख्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । मुलुकको भाग्य र भविष्य निर्माणको विषय नै सिंगो पार्टीको साझा लक्ष्य भएकाले एमालेका सबै नेता, कार्यकर्ताहरुले एकता भएर सो लक्ष्य प्राप्तीमा केन्द्रित हुनुपर्ने बताउनु भयो । महासचिव पोखरेलले मिशन २०८४ पूरा हुनेगरी एमाले एक्लैले बहुमतको सरकार बनाउने योजनाका साथ सिंगो पार्टी पंक्ति एकता भएर अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एमालेलाई एक्लै जनताको बुहमत प्राप्त शक्तिको रुपमा स्थापित गर्नका लागि अव हामीले भुमिका खेल्नुपर्दछ । अब हामीले हाम्रो पार्टीलाई त्यो दिशातर्फ उभ्याउन सक्नु पर्दछ । र, म कमरेडहरुका बीचमा अनुरोध गर्न चाहन्छु–गण्डकी प्रदेशमा एक्लै बहुमत ल्याउने गरी लाग्नु पर्दछ । त्यसका लागि हामीलाई एकताको आवश्यक्ता पर्दछ । हो लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । यसको विशेषता नै हो । तर त्यो भन्दा पनि उन्नत संस्कार के हो भन्दाखेरी आपसी एकता र समझदारी हो ।

गण्डकी प्रदेशका कमरेडहरुले त्यो एकता र समझदारीको एउटा उच्चतम लोकतान्त्रिक नमूना प्रश्तुत गर्न सफल हुनुहुनेछ भन्ने विश्वास मैले राखेको छु । हाम्रा लागि पद प्राप्तीको विषय प्राथमिकताको विषय बन्नु हुँदैन । मुलुकको भाग्य र भविष्यको जिम्मेवारी पार्टीको काँधमा करिी प्राप्त गर्न सकिन्छ भन्ने कुरा नेता, कार्यकर्ताहरुको साझा जिम्मेवारीको विषय बन्नु पर्दछ । र, सबैको एउटै संकल्प मिशन २०८४ मा बहुमत प्राप्त पार्टीको रुपमा, बहुमतको सरकार बनाउने योजनाको रुपमा स्थापित गर्ने हिसावले हामीले राष्ट्रको नेतृत्व गर्नु पर्दछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जनताको रोजाईको पार्टी भएकाले एमाले एक्लैले बहुमत ल्याएर सरकार सञ्चालन गर्नेपर्ने बताउनु भयो ।