६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विराट कोहलीसहित २०११ विश्वकपका १० खेलाडीले यस पटक पनि खेल्दै

विराट कोहलीसहित २०११ विश्वकपका १० खेलाडीले यस पटक पनि खेल्दै
अ+ अ-

एजेन्सी । एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप सुरु हुन अब चार दिन मात्रै बाँकी छ ।

अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । इङ्ल्यान्ड र न्युजिल्याण्डबीचको उद्घाटन खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

फाइनल खेल पनि यही मैदानमा हुनेछ । भारतले सन् २०११ पछि यो प्रतियोगिता आयोजना गर्दैछ । १२ वर्षअघि विश्वकप खेलेका १० खेलाडी यसपटक पनि सहभागी हुनेछन् ।

विराट कोहलीः


भारतका पूर्व कप्तान विराट कोहलीले चौथो एकदिवसीय विश्वकप खेल्ने भएका छन् । उनले सन् २०११ मा पहिलो पटक विश्वकप खेलेका थिए । जहाँ टीम इन्डिया च्याम्पियन बन्यो । कोहलीले नौ खेलमा २८२ रन बनाएका थिए । उनले एक शतक र एक अर्धशतक बनाएका थिए । विराटले अहिलेसम्म तीन विश्वकपमा २६ खेलमा १०३० रन बनाएका छन् । उनले दुई शतक र ६ अर्धशतक प्रहार गरेका छन् । कोहली ती विशेष खेलाडीमध्ये एक हुन् जसले २०११ को विश्वकपमा पनि खेलेका थिए र यसपटक पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

केन विलियमसनः


विराटजस्तै न्युजिल्याण्डका कप्तान केन विलियम्सनको लागि पनि यो चौथो विश्वकप हुनेछ । उनले सन् २०११ मा पहिलो पटक यस प्रतियोगितामा भाग लिएका थिए । विलियमसनले अहिलेसम्म तीन विश्वकपमा २३ खेलमा ९११ रन बनाएका छन् । उनको नाममा दुई शतक र तीन अर्धशतक छ । विलियमसन २०११ पछि फेरि भारतमा विश्वकप खेल्न तयार छन् । सन् २०११ मा विलियमसनले चार खेलको चार इनिङ्समा ९९ रन मात्र बनाएका थिए ।

स्टिभ स्मिथः


अष्ट्रेलियाका दिग्गज ब्याट्सम्यान स्टिभ स्मिथ पनि चौथो पटक विश्वकपमा सहभागी हुने भएका छन् । उनले यस प्रतियोगितामा अहिलेसम्म २४ खेल खेलिसकेका छन् । यस अवधिमा स्मिथले ४६.३३ को औसतमा ८३४ रन बनाएका छन् । स्मिथले एक शतक प्रहार गरेका छन् । उनले सन् २०११ मा भारतमा भएको विश्वकप खेलेका थिए । त्यसमा उनले ६ खेलको तीन इनिङ्समा ५३ रन मात्र बनाए । उनी आफ्नो २०११ को प्रदर्शन बिर्सन र यस पटक धेरै रन बनाउन चाहन्छन् ।

शकिब अल हसनः


बंगलादेशका कप्तान शकिब अल हसनको यो पाँचौं विश्वकप हुनेछ । उनी सन् २००७ मा पहिलो पटक यस प्रतियोगिताको हिस्सा बनेका थिए । सन् २०११ मा शकिब टोलीको कप्तान थिए र संयोगले फेरि भारतमा आयोजना हुने विश्वकपमा टोलीको नेतृत्व गर्नेछन् । उनले चार विश्वकपमा २९ खेलमा ४५.८४ को औसतमा ११४६ रन बनाएका छन् । उनको खातामा ३४ विकेट रहेको छ । शकिबले २०११ को विश्वकपमा ६ खेलमा १४२ रन बनाएका थिए । बलिङमा उनले आठ विकेट लिए ।

टिम साउथीः


न्यूजिल्याण्डका अनुभवी फास्ट बलर टिम साउथीले विश्वकपमा अहिलेसम्म १८ खेल खेलिसकेका छन् । उनले सन् २०११ मा यस प्रतियोगिताबाट डेब्यु गरेका थिए । साउथीले यस प्रतियोगितामा अहिलेसम्म ३४ विकेट लिएका छन् । २०११ मा उनले १८ विकेट लिएका थिए । सर्वाधिक विकेट लिनेमा उनी तेस्रो भए । साउथी फेरि भारतमा आयोजना हुने विश्वकपलाई यादगार बनाउन चाहन्छन् ।

मुस्फिकुर रहिमः


बंगलादेशका अनुभवी विकेटकिपर ब्याट्सम्यान मुस्फिकुर रहिमले आफ्नो पाँचौं विश्वकप खेल्ने भएका छन् । उनले सन् २००७ मा पहिलो पटक यस प्रतियोगितामा भाग लिएका थिए । रहिमले २९ खेलमा ८७७ रन बनाएका छन् । यस अवधिमा उनको औसत ३८.१३ रहेको छ । .२०११ को विश्वकपमा रहिमको प्रदर्शन केहि खास थिएन । उनले ६ खेलमा ८१ रन मात्र बनाउन सके । यसपटक रहिमले भारतीय भूमिमा अविस्मरणीय प्रदर्शन गर्न चाहन्छन् ।

रविचन्द्रन अश्विनः


भारतका अनुभवी स्पिनर रविचन्द्रन अश्विनले सन् २०१५ पछि पहिलो पटक विश्वकप खेल्ने भएका छन् । उनी २०१९ को विश्वकपका लागि छनोट भएनन् । अश्विनले २०११ र २०१५ को विश्वकपमा कुल १० खेल खेलिसकेका छन् । यस अवधिमा उनले १७ विकेट लिए । २०११ मा, जब टीम इंडिया घरेलु मैदानमा च्याम्पियन बनेको थियो, अश्विनले दुई खेलमा चार विकेट लिए । त्यतिबेला उनले धेरै खेल्ने मौका पाएनन् । यसपटक उनले अधिकांश खेलमा खेल्ने अपेक्षा गरिएको छ । यो अश्विनको अन्तिम विश्वकप हुनसक्छ । उनी यसलाई स्मरणीय बनाउन चाहन्छन् ।

महमुदुल्लाह


बंगलादेशका अनुभवी खेलाडी महमुदुल्लाहले विश्वकपमा अहिलेसम्म १७ खेल खेलिसकेका छन् । यस अवधिमा ५१.३३ को औसतमा ६१६ रन बनाएका छन् । महमुदुल्लाहले २०११ को विश्वकपमा चार खेलको तीन इनिङ्समा ३२ रन मात्र बनाएका थिए । उनले पछिल्लो पटक भारतमा भएको विश्वकप बिर्सेर यसपटक राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

आदिल रशिद


इंग्ल्याण्डका लेग स्पिनर आदिल राशिदले विश्वकपमा ११ खेल खेलेका छन् र यो अवधिमा ११ विकेट लिएका छन् । उनी २०११ को विश्वकपमा टिममा थिए तर भारतमा एक खेल पनि खेल्ने मौका पाएनन् । उनले सन् २०१९ को विश्वकपमा मात्रै सबै खेल खेलेका थिए । जहाँ उनको टोली पनि च्याम्पियन बन्यो ।

वेस्ली बरेसीः


नेदरल्याण्ड्सका अनुभवी खेलाडी वेस्ली बरेसी पनि २०११ को विश्वकप खेलेका खेलाडी हुन् र यसपटक पनि टोलीमा परेका छन् । उनले अहिलेसम्म एउटा मात्र विश्वकप खेलेका छन् । २०११ पछि उनको टोली छनोट हुन सकेन । बरेसीले ६ खेलमा १५३ रन बनाएका थिए ।