२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी



फाईल फोटो
अ+ अ-

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा रु १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिरूपमा रु पाँच लाख, बोडी बिक्रीबाट रु तीन लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट रु दुई लाख, रामधानको बीउ बिक्रीबाट रु एक लाख ५० हजार, अरुण दुई जातको मकैको बीउ बिक्रीबाट रु ८० हजार गरी वार्षिक औसतमा रु चौध लाख बढी आम्दानी गर्दै आउनुभएको छ । भारत, मलेसिया तथा जापानमा करिब १८ वर्ष वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उहाँले कृषि काम गर्न थाल्नुभएको हो ।

“विभिन्न देशमा रोजगारी गरेँ अन्त्यमा आफ्नै देशमा फर्केर कृषि कार्य गर्दै आएको छु”, उहाँले भन्नुभयो, “चन्द्रकान्त डुम्रे कृषि फार्म दर्ता गरी झण्डै एघार वर्षअघिदेखि व्यावसायिक कृषिको सुरुआत गरेको हुँ ।” सुरुमा आफ्नै तीन रोपनी जग्गाबाट कृषि कर्म थाल्नुभएका डुम्रेले कृषिमा सम्भावना देख्नुभयो । हाल आफ्नो पाँच रोपनी र अरुको करिब १५ रोपनी जग्गा भाडामा लिएर २० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी तथा समयअनुसारका धान र आलुको बीउ उत्पादन गर्दै आउनभुएको छ ।

“मेरो मुख्य पेसा नै कृषि हो, मैले गरेको कार्यबाट म सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “उत्पादित कृषिजन्य वस्तुको बजारीकरणको कुनै किसिमको समस्या छैन ।” बाह्रै महिना सिँचाइका लागि पानीको सुविधा भएकाले उहाँले वर्षमा तीन बाली लगाउनुहुन्छ । तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ । मकै, धान, गहुँ, आलुको बीउ नगरपालिका, गाउँपालिका, कृषि ज्ञानकेन्द्र, कृषि विकास स्रोतकेन्द्र तथा सरकारी सङ्घसंस्थाको समन्वयका आधारमा सजिलैसँगै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । जिमुहा विभिन्न जातका तरकारी तथा आलु र धानको पकेट क्षेत्र हो । यहाँबाट बर्सेनि लाखौँको तरकारी तथा बीउ निर्यात हुने गरेको छ । रासस