१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली अझै पुगेनन् पोखरा, अधिवेशन उद्घाटन नहुँदै मन्तव्य चल्यो



अ+ अ-

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा जारी छ । प्रतिकूल मौसमका कारण उद्घाटन समारोह केही ढिलो गरी सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि कार्यक्रम ढिलो सुरु भएको हो ।

ओली अझै पोखरा पुगेका छैनन् । ढिला भइसकेकाले उद्घाटन ओली आएपछि मात्रै गर्ने गरी कार्यक्रम सुरु गरिएको छ । उद्घाटन नगरिए पनि मन्तव्य राख्ने कार्यक्रम जारी छ । नेताहरुले मन्तव्य दिइरहेका छन् ।

नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यका अनुसार अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकूल मौसमका कारण उडान रोकिँदा केही समय ढिलाई हुन पुगेको हो ।