१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता अनमोल केसीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा उनी गत शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ परेका थिए ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ ।