२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, स्थिती तनावग्रस्त



अ+ अ-

सुर्खेत। सुर्खेत वीरेन्द्रनगरस्थित उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका छन् । वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिएका हुन् ।

दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर स्कुलमा नै मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

शुक्रबार साँझ बालक झुण्डिएको अवस्थामा फेला पछि आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् ।साथै, कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याई जलाएका छन् । स्थितीलाई कन्ट्रोल गर्न प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।