२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश निर्वाचन: १६२ पदमा निर्विरोध



अ+ अ-

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको चुनावमा १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आजसम्म आइपुग्दा २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएका छन् । ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी रहेको छ । एमाले पार्टी कार्यालय च्यासलमा जारी अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ ।

बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल अघोषित प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।