१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी समूहको व्यापक प्रदर्शनीपछि यमनको मन्त्रीपरिषद् बर्खास्त



अ+ अ-

एजेन्सी । यमनको हुथी बिद्रोहीहरुले मन्त्रीपरिषद् बर्खास्त गरेका छन् ।

राजधानी सानामा मुस्लिम अगमवक्ता मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा समूहका नेता अब्दुलमालिक अल हुथीले यसको घोषणा गर्नुभएको हो । उहाँले अब नयाँ र सक्षम मन्त्रीपरिषद्को गठन हुने बताउनु भयो ।

नीति सुधार गर्न, जनताको सेवा गर्न र आर्थिक समस्या समाधान गर्न नयाँ मन्त्रीपरिषद्ले भुमिका खेल्ने बताउनु भयो । बिद्रोही सेना, साना, होदेइदाह र इब्ब प्रान्तका सडकमा बासिन्दाहरुबीच झडप भएको एक दिनपछि यो कदम चालिएको हो । आन्दोलनकारीहरुले पारिश्रमीक, राम्रो सरकारी सेवा, विद्युत, स्वच्छ पानीको पहुँच र आर्थिक गतिविधि चलायमान बनाउन माग गर्दै आएका थिए ।

क्रान्ति दिवसको ६१ औं वार्षिकोत्सव मनाउन सानाको डाउनटाउनको अल ताहिरिर स्क्वायरमा भेला भएका मानिसहरुको बीचमा मंगलवार झडप भएको थियो । यमन सन् २०१४ देखि गृहयुद्धमा छ ।