२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला



अ+ अ-

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको कारण ताला खुल्न सकेको थिएन ।

समाजवादी निकट अनेरास्ववियुका माग पूरा गर्ने सहमतिपछि आज विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । “विद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको छ”, विष्टले भन्नुभयो, “ताला खुलेपछि विश्वविद्यालय प्रशासनको काम सञ्चालन भएको छ ।” रासस