८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग पराजित हुदै म्यानचेस्टर सिटी इएफएल कपबाट बाहिरियो



अ+ अ-

एजेन्सी । प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी इएफएल कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार न्युक्यासलसँग १–० ले पराजित हुदै सिटी इएफएल कपबाट बाहिरिएको हो ।

घरेलु मैदानमा भएको खेलमा न्युक्यासलका अलेक्जेन्डर इसाकले गोल गर्दै टीमको लागि जित हात पारे । उनले ५३ औं मिनेटमा गोल गरेका थिए । यससँगै साबिक विजेता समेत रहेको सिटीको इएफएल कपको यात्रा समाप्त भएको छ ।

अब न्युक्यासले प्रि– क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, इएफएल कपको अर्को खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले हराएको छ । त्यसैगरी चेल्सीले ब्राइटन तथा आर्सनलले ब्रेन्टपलोर्डलाई समान १–० ले हराउँदै अन्तिम १६ मा पुगेको छ ।