७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राको अवसरमा ललितपुर महानगरपालिका–१ मा सांस्कृतिक कार्यक्रम हुने



अ+ अ-

ललितपुर । इन्द्रजात्राको अवसरमा असोज ११ र १२ गते ललितपुर महानगरपालिका १ वडा भवन परिसरमा हुन गईरहेको विविध सांस्कृतिक कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले सहयोग गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार बोर्डको बार्षिक योजनामै इन्द्रजात्रा सञ्चालनको लागि सहयोग स्वरुप बजेट छुट्टाउने बताए ।

मानव सभ्यताको महत्व बोकेको बागमती नदिको किनारमा अवस्थित ललितपुर महानगरपालिका १ वडा कोपण्डोल क्षेत्रमा इतिहासमै पहिलो पटक इन्द्रजात्रा मनाउन लागिएको हो ।

यस कार्यक्रमका संयोजक विवेक तण्डुकारले जात्रा व्यवस्थापन तथा सञ्चालनको लागि करिब सबै तयारी पुरा भएको बताए । उनले संस्कृति सम्पदा प्रेमी सम्पूर्ण नागरिकहरुलाई सपरिवार सहित आफन्त, इष्टमित्र र छरछिमेकी सबै उपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिनु हुन अनुरोध गरेका छन् ।

इन्द्रजात्राको शुभ अवसरमा आयोजित यस कार्यक्रममा विभिन्न देवी देवताको नृत्य हुनेछ । आगामी आश्विन ११ गते विहिबार २ बजेर ३० मिनेट देखि कोपुण्डोलमा अवस्थित पवित्र बागमती किनारको धार्मिक स्थल चारधाम मन्दिर र वडा कार्यालयको बीच भागमा यस कार्यक्रम सञ्चालन हुनेछ ।

जात्राका रोचक पक्ष:
महाकाली नाच , मिप्वा लाखे नाच , चर्या नाच , धिमे बाजा तथा नाच , अन्य सांस्कृतिक कार्यक्रमहरू विभिन्न खाद्य तथा हस्तकला सामाग्रीका स्टल तथा प्रर्दसनीहरू रहनेछ ।