२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राको अवसरमा ललितपुर महानगरपालिका–१ मा सांस्कृतिक कार्यक्रम हुने



अ+ अ-

ललितपुर । इन्द्रजात्राको अवसरमा असोज ११ र १२ गते ललितपुर महानगरपालिका १ वडा भवन परिसरमा हुन गईरहेको विविध सांस्कृतिक कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले सहयोग गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार बोर्डको बार्षिक योजनामै इन्द्रजात्रा सञ्चालनको लागि सहयोग स्वरुप बजेट छुट्टाउने बताए ।

मानव सभ्यताको महत्व बोकेको बागमती नदिको किनारमा अवस्थित ललितपुर महानगरपालिका १ वडा कोपण्डोल क्षेत्रमा इतिहासमै पहिलो पटक इन्द्रजात्रा मनाउन लागिएको हो ।

यस कार्यक्रमका संयोजक विवेक तण्डुकारले जात्रा व्यवस्थापन तथा सञ्चालनको लागि करिब सबै तयारी पुरा भएको बताए । उनले संस्कृति सम्पदा प्रेमी सम्पूर्ण नागरिकहरुलाई सपरिवार सहित आफन्त, इष्टमित्र र छरछिमेकी सबै उपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिनु हुन अनुरोध गरेका छन् ।

इन्द्रजात्राको शुभ अवसरमा आयोजित यस कार्यक्रममा विभिन्न देवी देवताको नृत्य हुनेछ । आगामी आश्विन ११ गते विहिबार २ बजेर ३० मिनेट देखि कोपुण्डोलमा अवस्थित पवित्र बागमती किनारको धार्मिक स्थल चारधाम मन्दिर र वडा कार्यालयको बीच भागमा यस कार्यक्रम सञ्चालन हुनेछ ।

जात्राका रोचक पक्ष:
महाकाली नाच , मिप्वा लाखे नाच , चर्या नाच , धिमे बाजा तथा नाच , अन्य सांस्कृतिक कार्यक्रमहरू विभिन्न खाद्य तथा हस्तकला सामाग्रीका स्टल तथा प्रर्दसनीहरू रहनेछ ।