२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको मार्कीमा आशिष चौधरी



अ+ अ-

काठमाडौँ । साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीका रुपमा राष्ट्रिय फुटबल टोलीका सदस्य आशिष चौधरीसँग सम्झौता गरेको छ ।

२३ वर्षीय आशिषले चर्च ब्वाइज युनाइटेडबाट सहिद स्मारक लिग ‘ए’ डिभिजन खेलेका थिए । उनको टोली डेब्युमै सहिद स्मारक लिगको विजेता बनेको थियो ।

बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितिसकेका छन् । आशिष एनएसएलको पहिलो सहभागितामै मार्की खेलाडीमा अनुबन्ध भएका हुन् ।

नेपाल सुपर लिगको दोस्रो संस्करणको अक्सन शनिबार हुँदैछ । दोस्रो संस्करणका लागि गत वर्ष नै अक्सन भएको थियो । तर, धेरै खेलाडी विदेश गइसकेकाले फेरि अक्सन हुने भएको हो ।

१० टोलीको समावेश हुने भनिएपनि विराटनगर सिटी एफसीले भाग नलिने भएपछि ९ टोलीले दोस्रो संस्करणको एनएसएलमा प्रतिस्पर्धा गर्दैछन् ।