१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

ॐ माथि प्रहार किन ?

ॐ माथि प्रहार किन ?
अ अ+ अ-

परम्परामा आगो लगाउनु, संस्कारलाई सिद्ध्याउनु, कुललाई नपुज्नु, पितृलाई नचिन्नुमा बुद्धिमानी ठान्ने, आधुनिक बन्ने महामारी गणतन्त्रसँगै भित्रिएर पश्चिमाले भनेझैँ फैलिएको छ ।

गाई खानु, जनै र टुपीलाई शत्रु ठान्नु, मन्दिर भत्काउनु, मूर्ति फोर्नु, भूमे र नाग नपूज्नुलाई पुरुषार्थ ठान्ने क्रम ह्वात्यै बढेको छ । सबै मिलेर गरिबीसँग लड्नुपर्ने, पछौटेपनसँग भिड्नुपर्नेमा समाजलाई टुक्र्याउने, परिवारलाई विखण्डन गर्नेहरुको जयकार हुँदैछ ।

भाषादेखि भगवान्सम्म, परिवारदेखि परम्परासम्म, पुर्खादेखि पौरखीसम्मलाई क्रमश: कमजोर बनाएर एक्ल्याउँदै लगेर सिद्ध्याउने काममा राम्रै मलजल हुँदै छ । पृथ्वीनारायण शाहलाई गाली गर्नमा, भनुभक्तलाई होच्याउनुमा गर्व गर्नेहरुको हालिमुहाली चलेको छ ।

सरकारले किन कान थुन्छ, मुख बन्द गर्छ, किन शिर झुकाउँछ उदेक लाग्दो छ । वेदव्यासलगायतका ऋषिहरुको जन्मस्थलमा जन्मिएकाहरुले वेद नपढ्नु, संस्कृत नबुझ्नु दुर्भाग्य हो, यसलाई दुत्कार्नु महापाप हो, यसमाथि अपव्याख्या गर्नु यमलोकको यात्री बन्नु हो ।

विश्वको पहिलो भाषा संस्कृत, जेठो शास्त्र वेद, प्रथम अक्षर ॐ हो । वेदमा ज्ञानको भण्डार छ, ब्रम्हाण्डको इतिहास छ, विज्ञानको सागर छ, मुक्तिको बाटो छ, जीउने कला छ । जे वेदमा छैन त्यो संसारमा छैन । वेदलाई मानिसले लेखेका होइनन् परमात्माको श्वासरूपी दिव्य ज्ञानलाई मन्त्रद्रष्टा ऋषिहरूले देखेर सङ्कलन गरेका हुन् ।

निरपेक्षरव: श्रुति/वेद: अर्थात्, जसलाई प्रमाणित गर्न अन्य प्रमाणको आवश्यकता पर्दैन त्यसलाई वेद भनिन्छ । वेदलाई अन्तिम निर्णय दिने, आधिकारिक र श्रेष्ठ प्रमाण भएको शास्त्र मानिन्छ । वेद सबैको साझा सम्पत्ति हो । वेदमा भेद छैन, कसैप्रति द्वेष छैन, कोहीमाथि दमन छैन । वेद उत्पत्ति र सङ्कलनको समयमा कुनै सम्प्रदाय थिएन, थर थिएन, विभेद थिएन, छुवाछुत थिएन । वेदका ऋचा, मन्त्र, कण्डिका वा अर्चिकाको शुरुमा ॐ आउँछ ।

स्कन्दपुराणका अनुसार शिवलिड्डको टुप्पो र फेद पत्ता लगाउन ब्रम्हा र विष्णु असमर्थ भए । उनीहरूले त्यही समयमा ॐको आवाज सुने । ॐको ध्वनि सुन्ने र आकार देख्ने पहिलो सौभाग्य ब्रम्हा र विष्णुलाई मिलेको थियो । ओमितीदं सर्वम् अर्थात् चराचर जगत् नै ॐ हो । एउटा अक्षरझैँ देखिए पनि ‘अ, उ, म् तीन अक्षर र चन्द्रविन्दुको संयोजनबाट ॐ बनेको छ । ॐलाई अक्षर र शब्दका रूपमा लिइन्छ । ॐको अर्थ क्रमश: ब्रéा, विष्णु, महेश्वर र त्रिशक्ति हुन्छ अर्थात् सबै देवीदेवता, चराचर जगत्को जननी ॐ हो ।

ॐकार प्रभवा: देवा ॐकार प्रभवा: स्वरा: ।
ॐकार प्रभवं सर्वं त्रैलोक्य सचराचरम् ।।

अर्थात्, “ॐकारबाट देवीदेवताहरूको उत्पत्ति भयो । ॐकारबाट उदात्त, अनुदात्त र स्वरित स्वरहरूको जन्म भयो । ॐकारबाट नै स्वर्ग, पृथ्वी र पाताल, चर, अचर सबैको सृष्टि भयो ।” सबैको अधिष्ठान भएकाले ॐलाई परमात्मा स्वरूप मानिन्छ । हाम्रा हरेक शास्त्रहरू कहिले र कसले ? कति समय लगाएर तयार गरे वा लेखे त्यसको प्रमाण पाइन्छ ।

जस्तै वेदव्यासले महाभारत तीन वर्षमा तयार गरेका थिए । वशिष्ठ, हनूमान्, वाल्मीकि, तुलसीदास आदिले रामायण लेखेका थिए । ॐ परमात्माको स्वरूप भएकाले यसलाई कसैले लेखेको वा बनाएको होइन । ॐ परमात्माजस्तै अनादि हो, यसको कोही लेखक र उत्पत्तिको मिति छैन । परमात्मारूपी ॐको उच्चारण गर्दै बिहान उठ्ने र बेलुका सुत्ने गरिन्छ । साधुसन्तको प्रवचनमा ताली नबजाएर ॐ भनिन्छ ।

उनीहरूको जनै, टुप्पी र मन्त्र नै ॐ हो । आस्तिकहरूले अभिवादनका लागि ॐ प्रयोग गर्दछन् । स्वाध्याय, मन्त्र जप र शुभकर्मको शुरुमा ॐ नलगाए सबै कर्म चुहिन्छ, अन्तमा नलगाए छरिन्छ । देवीदेवताको नामअगाडि ॐ राखेर मन्त्र निर्माण गरिन्छ । जस्तै ॐ नम: शिवाय, ॐ नमो भगवते वासुदेवाय, ॐ दुर्गायै नम: आदि । ॐकार परिवारका (हिन्दू, बौद्ध, जैन, शिख) सम्प्रदायले धार्मिक अनुष्ठान र मन्त्रको शुरुमा ॐको उच्चारण गर्दछन् ।

बौद्धधर्मले ॐमणि पद्मे हुम्………, गुरुग्रन्थसाहेबले ‘एक ओंकार सत्गुरु प्रसाद भन्दछ । भगवान् कृष्णले गीतामा ॐकार उच्चारण गर्न निर्देशन गरेका छन् । ॐकार: परमं ब्रम्ह सर्वमन्त्रेषु नायकम् अर्थात् ॐ परमब्रé र सबै मन्त्रहरूको नायक हो । तन्त्रमा पनि ॐको भाव कतै न कतै झल्किन्छ ।

ओमित्येकाक्षरं ब्रम्ह व्याहरन्मामनुस्मरन् ।
य: प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।
–गीता (८।१३)

अर्थात्, “जो व्यक्ति ॐ यो एक अक्षर ब्रéको उच्चारण गर्दछ तथा मेरो स्मरण गर्दै शरीरलाई त्याग्दछ, उसले परमगति प्राप्त गर्दछ ।” ॐको उच्चारणले शरीरमा शक्ति सञ्चार गराउँछ, दिमागलाई स्फूर्त एवं स्नायुहरूलाई तन्दुरुस्त बनाउँछ । आध्यात्मिक र शारीरिक रूपमा बलियो हुन ॐको उच्चारण गर्नुपर्छ । मन्त्रलाई विधिसम्मत उच्चारण नगर्दा इन्द्रलाई नाश गर्न उत्पन्न भएका वृत्रासुर आफैँ इन्द्रबाट मारिएझैँ हुन्छ । साधकहरूले ॐको उच्चारणबाट विभिन्न रोगहरूको उपचार, दुर्घटनाबाट छुट्करा, मनलाई नियन्त्रण गर्दछन् । मृत्युको समयमा पनि ॐको उच्चारण गरी मुक्तिको कामना गरिन्छ ।

“वेदले जसको वर्णन गरेको छ । सबै साधकहरू जसका लागि तप गर्दछन् । जसलाई प्राप्त गर्न ब्रéचर्यको पालन गर्दछन्, त्यस पदको संक्षेपरूप नै ॐ हो ।” ॐकार आफैँमा परमपवित्र, फलदायी, सुखदायी हुनाले प्रत्येक मन्त्र, कण्डिका, अर्चिकाको अगाडि उच्चारण गरिन्छ । गायत्री मन्त्रलाई ॐले सम्पुट (एकपटक गायत्री मन्त्र भनी सकेपछि ॐ भन्ने र पुन: गायत्री मन्त्र भन्ने) गरे छिट्टै सिद्धि प्राप्त हुन्छ ।

ॐमात्र यस्तो अक्षर हो जसभित्र चराचर जगत् अटाउँछ र सबैलाई आरक्षण दिन्छ । त्यसैले अक्षरं ब्रé परमम् भनिएको हो । यहीकारण यज्ञस्थलदेखि सामान्य पूजामण्डपसम्म ॐकार लेख्ने, पूजा गर्ने चलन छ ।

माङ्कल्यं पावनं धम्र्यं सर्वकामप्रसाधनम् ।
ओंकार: परमं ब्रम्हा सर्वमन्त्रेषु नायकम् ।।

अर्थात्, “सबै प्रकारका मङ्कल र शुद्धताका लागि, धर्मलगायतका कार्यलाई राम्रोसँग समापन गर्न ओम्कार परब्रé एवं मन्त्रहरूको नायक हो ।” ॐमा सबै प्रकारका शक्ति र शिक्षा भएकै कारण हरेक कर्म र अनुष्ठानमा उच्चारण गरिन्छ । कौषीतकि ऋषिले सूर्यलाई लक्ष्य गरी ॐको जप गर्दा पुत्र प्राप्त गरेका थिए । वैज्ञानिकहरूले ब्ल्याकहोल र सूर्यबाट ॐको ध्वनि आउँछ भनेका छन् । जुन दिन आकाशीय पिण्डहरूको पूर्णरूपमा खोजी भई चित्र कोरिनेछ त्यसको स्वरूप ॐ सँग मिल्नेछ ।

ॐको स्वरूप झण्डै गोलाकार छ जसले ब्रम्हाण्डको आकार बताउँछ । ॐले परमात्मा, जगत्, सारा प्राणी, देवताहरूको प्रतिनिधित्व गर्दछ । ग्रन्थ, चिना वा पुराना कागजपत्रको शीर्षभागमा ॐ लेखेको भेटिन्छ । हामीले अजपा गायत्री जपेजस्तै ब्रéाण्डले जप्ने मन्त्र ॐ हो । ॐ छैन त संसारको अस्तिŒव छैन, मन्त्रको अर्थ र प्रभाव रहँदैन ।

ॐ उच्चारणले जीवन पावन बन्छ, स्वर्गको द्वार खुल्छ, मुक्तिको मार्ग देखिन्छ, शरीरमा देवत्वको सञ्चार गराउँछ । ॐ उच्चारणले शरीर र मस्तिष्कमा सकारात्मक परिवर्तन गराउँछ । त्यसैले परमात्माका रूपमा ॐलाई उच्चरण गरिन्छ, लेखिन्छ, दर्शन गरिन्छ र ब्रम्हाण्डको आधार मानिन्छ ।

दिन प्रतिदिन नेपाली समाजमा बौद्ध र हिन्दूलाई जुधाउने, जातको राँके भूत बाल्ने, छुवाछुतका भिजिलान्तेलाई प्रश्रय दिने कामले संस्थागत रुप लिँदै छ । अर्कोतिर पश्चिमाहरु नेपालका हिमाल, पहाड, कुण्ड, गुफा र नदीकिनारामा ॐको ध्वनि, मन्त्रको साधनामा लागि परेका छन् । भारतमा पुगेपछि गेरुवस्त्र धारण गर्ने, त्यहाँका जोगीलाई नमन गर्ने तर शिरोभागलाई लथालिन्ग बनाउनमा को को लागि परेका छन् जगजाहेर छ ।

भारतले हिमवत्खण्डलाई स्कन्दपुराणबाट हटायो, नेपालमाहात्म्यलाई घटाएको प्रति सरकार आँखा थुन्छ । पश्चिमा न्वारनको बल लगाएर विभीषण जन्माउन, पुतनाहरु हुर्काउन, शकुनिहरु पैदा गर्न लागि रहेका छन् । ॐमाथिको आक्रमण हिन्दूधर्मका लागि मात्र नोक्शानदायी छैन बौद्ध, नानक, किरात, बोन आदिमाथि नै खतराको घण्टी हो ।

गायत्रीमन्त्र हाम्रो जरो हो, ॐ हाम्रो पहिचान हो, तन्त्र हाम्रो गौरव हो । हरेकले ॐ उच्चारण गरेर उठ्ने, पढ्ने, काम गर्ने हो भने नेपालीको शिर उच्च हुने थियो, पुर्खाको आशीर्वाद मिल्ने थियो, परम्पराको तन्तु जोगिने थियो ।

गाईको काण्ड सेलाउन नपाउँदै ॐमाथि प्रहार गर्नुले हामीलाई बिउँझाउन खोजेको हो । अब पनि जागेनौँ, अब पनि जगाएनौँ भने धर्म सकिने छ, इतिहास मेटिने छ, परम्परा तुहिने छ र राष्ट्रको अस्मितामाथि भन्ने नसकिने, सोच्नै नहुने दाग लाग्न सक्ने छ ।