९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गुणस्तरीय अनुसन्धान र अभियोजनले फैसला पनि राम्रो आउने भएकाले अनुसन्धान र अभिायेजन गर्ने निकायले गर्ने काम गुणस्तरीय हुनुपर्ने बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धानको सुधार बिना निरपेक्ष रुपमा अभियोजनको सुधारको परिकल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले अनुसन्धानका तथ्यहरुलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजन कर्ताको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले वस्तुपरक एवं प्रभावकारी अभियोजनले नै सरकारवादी मुद्दाको सफलता बढाउने र त्यसमा नै फैसलाले कार्यान्वयनमा समेत सहजता बनाउने बताउनु भयो ।

अनुसन्धान, अभियोजन, अतिरक्षा र न्याय निरुपणसँग सम्बन्धित निकायहरुको बीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ एवं स्वच्छ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले सरकारी वकील कार्यालयबाट समयमा पुनरावेदनको म्यद नबुझेर पुनरावेदन गर्न अनुचित विलम्व हुने गरेको अवस्थालाई तत्काल निराकरण गर्न पनि महान्यायाधिवक्ताको कार्यालयको ध्यानाकर्षण गराउनु भयो । प्रभावकारी अभियोजनसँगै मुद्दाको अभियोजन र पुनरावेदन छिटो छरितो हुनुपर्ने आवश्यकता पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धान र अभियोजन एक आपसमा अन्तरनिहीत र अन्योन्याश्रित विषयहरु हुन् । अनुसन्धानको सुधार बिना निरपेक्ष रुपमा अभियोजनको सुधारको परिकल्पना गर्न सकिँदैन । अनुसन्धानका तथ्यहरुलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजन कर्ताको दायित्व हो । अनुसन्धानको तहमा अभियोजन कर्ताको समन्वय र क्रियाशीलताले सापेक्षतामा नै समग्र अनुसन्धान र अभियोजनको प्रभावकारिता निर्भर गर्छ भन्ने मलाई लाग्छ । यसमा अभियोजनकर्ताको वाञ्छित ध्यान हुन जरुरी छ । वस्तुपरक एवं प्रभावकारी अभियोजनले नै सरकारवादी मुद्दाको सफलता बढाउँछ र त्यसलाई नै फैसलाले कार्यान्वयनमा समेत सहजता बनाउँछ । मलाई के लाग्छ भने अनुसन्धान, अभियोजन, अतिरक्षा र न्याय निरुपणसँग सम्बन्धित निकायहरुको बीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ एवं स्वच्छ न्याय प्रणालीको गन्तव्य भेटाउन सकिँदैन ।

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा रहेका समस्याहरुको निवारणको लागि विभिन्न मुद्दाहरुको रोहमा सर्वोच्च अदालतले अनुसन्धान र अभियोजन गर्ने निकायको नाउँमा निर्देशनात्मक आदेशहरु पनि जारी गरेको स्थिति छ । यसबाट पनि सो सम्बन्धी कार्यमा सहजीकरण भएको विश्वास न्यायपालिकाको रहेको छ । प्रभावकारी अभियोजन जति जरुरी छ । मुद्दाको अभियोजन र पुनरावेदन छिटो छरितो हुनुपर्ने त्यत्तिकै जरुरी छ । सरकारी वकील कार्यालयबाट समयमा पुनरावेदनको म्यद नबुझेर पुनरावेदन गर्न अनुचित विलम्व हुने गरेको अवस्थालाई तत्काल निराकरण गर्न पनि महान्यायाधिवक्ताको कार्यालयको ध्यानाकर्षण गराउँछु । अभियोजनका समस्याको पहिचान गरेर मात्रै पुग्दैन, समस्या समाधानका लागि पहिचान भएका उपाय वा विकल्पको कार्यान्वयन गर्न आवश्यक साधन श्रोत लगायतको व्यवस्थापन त्यत्तिकै आवश्यक छ । सुधारका लागि लगानी अपरिहार्य हुन्छ । लगानी उपलब्धी बीचको उचित सामञ्जस्यता कायम हुनसके मात्रै वाञ्छित नतिजा हासिल हुनसक्छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले अभियोजनका समस्याको पहिचान गरेर मात्रै नपुग्ने भन्दै समस्या समाधानका लागि पहिचान भएका उपाय वा विकल्पको कार्यान्वयन गर्न आवश्यक साधन श्रोत लगायतको व्यवस्थापन त्यत्तिकै आवश्यक रहेको बताउनु भयो ।