२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको एक दिवसीय वरियता खस्कियो



अ+ अ-

एजेन्सी । पाकिस्तानको एकदिवसीय वरियता खस्किएको छ । एकदिवसीय वरियतामा दोस्रो स्थानमा उक्लिएको भारतले पाकिस्तानलाई पछि पारेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार जारी गरेको एकदिवसीय टोलीको वरियतामा अष्ट्रेलिया शीर्षस्थानमा रहेको छ ।

एसिया कप २०२३ को अन्तिम सुपर ४ खेलमा पाकिस्तान श्रीलंकासँग २ विकेटले पराजित भएको थियो । यो हारका कारण हार बेहोरेको पाकिस्तान तेस्रो स्थानमा झरेको हो ।

एकदिवसीय वरियतामा दोस्रो स्थानमा रहेको भारतीय टोलीको कुल ११६ रेटिङ अंक छ र उसले पाकिस्तानलाई एक रेटिङ अंकले पछाडि पारेको छ । अष्ट्रेलिया आईसीसीको वरियतामा ११८ रेटिङ अंकका साथ पहिलो स्थानमा छ ।

गत महिना, एसिया कप सुरु हुनुअघि पाकिस्तानले श्रीलंकामा अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखला ३–० ले जित्यो र अस्ट्रेलियालाई उछिन्दै आईसीसी एकदिवसीय वरियतामा नम्बर १ बनेको थियो । नेपाल वरियताको १५ औं स्थानमा यथावत छ ।