९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार यस वर्ष विभूषण वितरण नगर्ने मनस्थितिमा



अ+ अ-

काठमाडौ । सरकारले यस बर्ष कुनै पनि बिभूषण प्रदान नगर्ने मनस्थितिमा पुगेको बुझिएको छ ।

आज बस्ने मन्त्री परिषद्को बैठकमा विभुषण बितरण पास गर्ने एजेन्डा रहेको भएपनि यो निर्णय नगर्ने मनस्थितिमा पुगेको समाचार स्रोतले जनायो ।

विभुषण छनोट समितिको सिफारिसमा धेरै नाम आएको र कटौति गर्दा पनि नमिल्ने तथा बिवादास्पद हुने भएपछि बितरणनै नगर्ने निर्णय गर्ने अवस्थामा सरकार पुगेको स्रोतले जानकारी दियो ।

बिभूषण छनौट प्रकृया पारदर्शी नभएको र बिगतका बर्षहरुका बिवाद भएको भन्दै आलोचना हुदै आएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असोज ३ गते संविधान दिवसका दिन विभूषणको घोषणा गर्ने गरिएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।