९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनुपर्छ: मन्त्री बस्नेत

कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनुपर्छ: मन्त्री बस्नेत
file photo
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर नि:शुल्क हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर नि:शुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनु भयो ।

आफूले शिक्षालाई नि:शुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उहाँले बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य जनताको आधारभुत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताउनु भयो । उहाँले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि बताउनु भयो ।

मन्त्री बस्नेतले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडी बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म आउनुभन्दा अगाडी १६ वर्षदेखि अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास भएका थिएनन् वर्षौदेखि थन्किएर बसेकाहरु अब हामीले विभिन्न कार्ययोजना, रणनीति बनाएर अगाडी बढ्नका लागि मन्त्रिपरिषद्ले हामीलाई सहज बनाइदिएको छ । म आएपछि सबै खालका रणनीतिहरु पनि पास गरिसकेको अवस्था हो । त्यसकारणले हिजोको पुरातन शैली भन्दापनि अब हामी नयाँ रणनीति बनाएर कसरी अगाडी बढ्नुपर्छ । शिक्षा र स्वास्थ्य आधारभुत आवश्यकता हो जनताको । यसको विकास बिना, यसको प्रगति बिना, यसको व्यवस्थापन बिना विकास सम्भव छैन व्यक्तिदेखि राष्ट्रसम्मको । अहिले म कक्षा १२ सम्म नि:शुल्क पढाइ हुनुपर्छ ।

राज्यले जिम्मा लिनुपर्छ कक्षा १२ सम्मको पढाइ भनेर मैले धेरै वर्ष अगाडीदेखि शुरु गरेको छु । मैले सिन्धुपाल्चोकको ३ वटा पालिकाहरुबाट १२ कक्षासम्म नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको एक वर्षभन्दा बढी भइसक्यो । देशव्यापी रुपमा यो नि:शुल्क हुनुपर्छ भन्ने लाइनमा म काम गरिरहेको छु । म संसदमा पनि बोलेको छु । मन्त्रिपरिषद्मा पनि कुरा राखेको छु । हामी शिक्षा र स्वास्थ्य संवेदनशील क्षेत्रमा काम गरिरहेका छौँ । हाम्रो सानो मिस्टेकले मान्छेको ज्यान जान्छ । कान्ति बाल अस्पतालमा मान्छेको ज्यान गएको छ एउटा पाँच वर्षको बच्चाको मैले यसलाई स्पष्ट रुपमा भन्नुपर्छ, हाम्रा त्यहाँका सम्बन्धित स्वास्थ्यकर्मीहरुको कमी, कमजोरीले पनि भएको छ । कारबाहीको प्रक्रिया अगाडी बढेको छ । हामीले बेलामा ध्यान दियौँ भने एकजना होइन, हजारौँ हजार मान्छेको हामीले ज्यान बचाउन सक्छौँ । हामी बढी गम्भिर हुन जरुरी छ ।’

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताउनु भयो । उहाँले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरु सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको पनि उल्लेख गर्नुभयो । मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरुलाई बिरामी भएको प्रमाणित गरिदिने गरेको भन्दै अहिले सरकारले त्यसरी मेडिकल बोर्डले दिने प्रमाणपत्रलाई बन्द गरेको बताउनु भयो । त्यसैगरी डाक्टरले दिने प्रस्किप्सनको समेत अडिट हुने गरेको उहाँले बताउनु भयो ।

मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरु जाने गरेका बताउनु भयो ।