५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’



अ+ अ-

गोरखा ।  गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ ।

हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ । पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ ।

तर गएको केहीवर्षदेखि कुशेऔँसीको दिन उहाँको नत पुरोहित नै कुश नै कुशलिएर आउछन् नत उहाँ आफै कुशलिन जानुहुन्छ । बरु घरमा देव तथा पितृकार्यमा कुश चाहिए  पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आउनुभएको छ । “मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ, श्रेष्ठले भन्नुभयो, “घर–घरमा कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन् ।” गोरखा नगरपालिका–८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्ष भन्दा बढी भइसक्यो ।

“कुशे औसीको दिनविहानै घरको ढोकामा पुरोहित कुस लिएर आउने र ढोकामादुवे टाँसेर जाने र जजमानले सकेको दानदक्षिणादिने प्रचलन पुरानो हो”, उहाँले भन्नुभयो, “हिजोआज पुरोहितआउन पनि छोडीसके हामी पनि खोज्दै जान छोड्यौ । ” घरघरमा पूजागर्दा तथा पितृकार्य पर्दा बजारबाट कुशकिनेर ल्याई कार्यहरुगर्ने गरेको उहाँको भनाइ छ ।

पुरोहितहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँपुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । चाहिएको बेलामा बजार किनेर काम टार्न पाइने भएपछि घर–घरमा कुश भित्र्याउने प्रचलन हट्दै गएको खत्री बताउनुहुन्छ ।

बौद्धिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पती हो । पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदीकार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउनुहुन्छ ।

“गाउँघरमा पुरोहितको सङ्ख्या पनि विस्तारै कमहुँदै गएको छ, उहाँले भन्नुभयो, “धेरैजसो पुरोहितका काम गर्नेहरु गाउँ छोडेर सहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुशभित्र्याउने प्रचलन घट्दै गएको हो ।” त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुनथालेको पुरोहित भट्टराईको भनाइ छ ।

जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशकोदण्ड लिएर बस्नु हिन्दूधर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्वहुने उहाँको भनाइ छ । कुश एक किसिमको वनस्पती  हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ ।

कुश घरमा भित्र्यादा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहित भट्टराईले बताउनुभयो । कुशभाद्र कृष्ण औंशीको दिन बिहानै नुहाएर चोखो गरी धोतीलगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उहाँको भनाइ छ ।

“कुश उखेल्दाउत्तर या पूर्वतर्फ फर्किएर उखेल्नुपर्दछ, पुरोहित भट्टराईले भन्नुभयो,“भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश एक वर्षसम्म देवअनुष्ठान तथा पितृकर्मको लागि प्रयोग सकिने शास्त्रमा उल्लेख छ ।”काटेको कुशभने धार्मिक तथा पितृकार्यका लागि प्रयोग गर्न नहुने भएकाले कुशको फेदको भागमा बलियोसँग समाएर एकै झट्कामा उखेल्ने गरिन्छ । मानिस जन्मदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रुपमा लिइएको छ । रासस




भर्खरै