२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीले बुझायो ६० किलो सुनको अनुसन्धान प्रतिवेदन



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामत गरिएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान सकाएर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पुगेर सीआईबीले प्रतिवेदन बुझाइएको हो ।

सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । जसमा थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन राय दिएको छ । प्रहरीले दावा छिरीङकी श्रीमती अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरेको छ ।

सीआईबीले सबैजनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । रेडीट्रेड प्रा।लीले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ । तस्करीमा संलग्नहरुले पछिल्लो पटक करिब ३६२ किलो सुन तस्करी गरेको बताईएको छ ।

यस्तै, पक्राउ परेकाबिरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरेको छ ।