१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

एसिया कप: भारतद्वारा आयोजक श्रीलंका ४१ रनले पराजित

एसिया कप: भारतद्वारा आयोजक श्रीलंका ४१ रनले पराजित
अ अ+ अ-

एसिया कप क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा भारतले आयोजक श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । यो जितसँगै भारतले २ खेलबाट ४ अंक बटुलेर फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २१३ रनको मध्यम स्कोर खडा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रनको योगदान गरेका थिए । सुस्त पिचमा ब्याट्सम्यानहरू केएल राहुलले ३९, इशान किसनले ३३ तथा अक्षर पटेलले २६ रन बनाएका थिए ।

जितका लागि २१४ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । श्रीलंकाले शुरुमै तीन विकेट गुमाएपछि निकै दबाबमा परेको थियो । तर मध्यक्रममा आएका धनन्जय डिसिल्भा र डुनिथ वेलेलेगाले राम्रो साझेदारी गरेर टिमलाई जिततर्फ लगेका थिए । तर रविन्द्र जडेजाको बलमा धनन्जय क्याचआउट भएपछि श्रीलंकाको जितको सम्भावना समाप्त झैं भएको थियो । डुनिथ भने ४२ रन बनाएर नटआउट रहे ।

श्रीलंकाको इनिङ ध्वस्त पार्न फेरि पनि भारतीय बलर स्पिनर कुलदिप यादव नायक भए । उनले चार श्रीलंकाली ब्याट्सम्यानलाई आउट गरे । यसअघि सोमबार सम्पन्न पाकिस्तान विरुद्धको खेलमा पनि उनले पाँच विकेट लिएका थिए ।

संक्षिप्त स्कोर: भारत २१३ (४९.१ ओभर, अल आउट, रोहित शर्मा ५३, केएल राहुल ३९ रन), श्रीलंका (४१.३ ओभर, १७२ अल आउट, धनन्जय डिसिल्भा ४१, डुनिथ वेलेलागे ४२ अविजित)

अंक तालिका
१. भारत – ४ अंक
२. श्रीलंका – २ अंक
३. पाकिस्तान – २ अंक
४. बंगलादेश – ० अंक