५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

कोशीको नाम विवाद सम्वादबाटै समाधान गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

कोशीको नाम विवाद सम्वादबाटै समाधान गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामबारे सम्वादबाटै समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्रीले कोशी नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर सम्वाद गरेको बताउनुभयो ।

सम्वाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिर्वतन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने बताउदै उहाँले भन्नुभयो, ‘कन्फ्रन्टेसन होइन, वार्ता र सम्वादबाट जनताको भावनाको कदर हुने गरी सामाधान खोजिनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताउनुभयो । उहाँले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताउदै भन्नुभयो, ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्व अन्तिम समय सम्म लड्ने छु । सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताका साथ अपरिहार्य छ।’